News & Events

मिति : २०७५।०५।११

विज्ञप्ति

जो जससँग सम्बन्धित छ ।

उपरोक्त सम्बन्धमा सामाजिक संजाल वेबसाइट फेसबुकमा डि.एक्स.एनको नाम राखि विभिन्न फेसबुकपेजहरु खोलि अवैधानिक रुपमा डि.एक्स.एनका उत्पादनहरु औषधीको रुपमा रोगहरु निको पार्छ भन्दै विज्ञापन गर्ने देखि विक्रीवितरण गर्ने गरेको पाइएको कुराले हाम्रो गम्भीर ध्यानाकर्शन भएको छ ।

आहारपुरक खाद्य वस्तुले कुनैपनि किसिमको रोग निको पार्छ भन्दै विज्ञापन गर्नु र अवैधानिक तरिकाले विक्रीवितरण गर्नु गलत कुरा हुन । यस्ता खाले गतिविधिहरुले दिर्घकालिन रुपमा नकरात्मक असरहरु पार्दछन । डि.एक्स.एनका उत्पादनहरु नेपालको प्रचलित खाद्यपर्दाथ ऐन २०२३, खाद्य नियमावलि २०२७ अन्र्तगत खाद्यपुरक (डाइटरी सप्लीमेन्ट) खाद्यपर्दाथ नियमन कार्यविधि २०७२ अनुसार नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गराई आहारपुरक खाद्यपर्दाथको रुपमानै विक्रिवितरण भैरहेको व्योहोरा सम्बन्धित सबैमा जानकारी समेत गराउँदछौं ।

तसर्थ डि.एक्स.एनको नेपालकालागि एकमात्र अधिकारप्राप्त वितरकको हैसियतले सम्बन्धित सबैमा डि.एक्स.एनका उत्पादनहरुलाई अवैधानिक तरिकाले फेसबुकमा डि.एक्स.एनको नाममा पेजहरु खोली, अवैध तरिकाले औषधिको रुपमा विभिन्नखाले रोगहरु निको पार्छ भन्दै विज्ञापन गरि विक्रिवितरण समेत गरेको पाइएमा सम्बन्धित निकायले कार्वाही गर्ने र सजायको भागी समेत स्वंय हुने जानकारी सम्बन्धित सबैमा अवगत गराउदछौं ।

धन्यवाद !
मुक्तिसेन गुरुङ
निर्देशक